इटहरीः २०७३ सालदेखि सेवा शुरु गरेको नेहा अस्पताल इटहरीमा स्तरीय अस्पतालको रूपमा सेवा दिने तयारीमा रहेको छ । पूर्वको व्यापारिक हब मानिएको इटहरीमा नेहाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।

केही समय अघिसम्म इटहरी र आसपासका बिरामी उपचारको लागि धरान वा विराटनगर जानुपर्ने अवस्था रहेकोमा सो अवस्थाको अन्त्य गर्न इटहरीमा सेवा शुरु गरिएको उनले बताए । इटहरीको बसपार्कको उत्तरतर्फ रहेको नेहा अस्पतालमा ७० वर्षभन्दा माथिका वृद्धवृद्धा र अपाङ्गको लागि विशेष छु्टको व्यवस्था गरिएको उनले जानकारी दिए ।

हरेक दिन बिहान र बेलुका बालरोग विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराएको अस्पतालले हरेक दिन सामान्य अपरेशनको सुविधा दिइरहेको जनाएको छ । २४ सै घण्टा इमर्जेन्सी सेवदेखि सुगर र प्रेसरका बिरामीको लागि नेबुलाइजर सेवा समेत उपलब्ध गराइएको डाक्टर दाहालको भनाइ छ ।

छालाको रोगको परीक्षण तथा उपचार, नाक कान, घाँटीको परीक्षण, स्त्री तथा प्रसूति रोगको उपचार तथा गर्भवती परीक्षण सेवा समेत अस्पतालले उपलब्ध गराएको छ । मानसिक रोग, थाइराइड तथा विशेषज्ञ डाक्टरबाट मुटु रोगको उपचार गरिने दाहालले बताए ।

हरेका जटिल स्वास्थ्य समस्याको लागि खाने, बस्ने सुविधासहित सेवा दिइरहेको उनले जनाए । नमूना अस्पताल बनाउने गरी सेवा दिने र निजी क्षेत्रमा स्वास्थ्य उपचार महङ्गो हुन्छ भन्ने भ्रम चिर्ने क्रममा अस्पताल रहेको उनले बताए ।