तस्बिरहरूः गुरु ढकाल
इटहरीः नेपाल प्रवेश गरेदेखि ठाउँठाउँमा सम्मान ग्रहण गर्दै बालगायक प्रीतम आचार्यलाई गृहनगर इटहरी ल्याइएको छ । भारतको जी टीभीले सञ्चालन गरेको रियालिटी सो लिटल च्याम्पस सारेगामपमा उनी सेकेन्ड रनरअप बनेका थिए ।

उनलाई स्वागत गर्न इटहरीबाट गाडीसहित सयौ व्यक्ति काकडभिट्टा पुगेका थिए । काकडभिट्टावासीले उनलाई काँकडभिट्टामा पञ्चेबाजा बजाउँदै भित्र्याएका थिए । ‘नेपालका छोरा प्रीतम, हाई हाई’ भन्दै उनलाई उपस्थित धेरैले बोकेका थिए ।

बिर्तामोडको होटल हेभेन ग्राण्डका साथै दमक, उर्लाबारी लगायतका स्थानमा उनलाई सडकमै सम्मान गरिएको थियो । इटहरी उपमहानगरपालिका परिसरमा आयोजित कार्यक्रममा उनलाई उपमहानगरले बाल सद्भावना दूत घोषणा गरेको थियो ।

सङ्गीत साधना महाविद्यालयका महासचिव राजु केसीका अनुसार आज ४ बजे इटहरीको सेन्ट्रल प्लाजाको सेमीनार हलमा उनीसँग पत्रकार भेटघाटको कार्यक्रम तय गरिएको छ ।

pritam aae nepal  (1) pritam aae nepal  (7) pritam aae nepal  (5) pritam aae nepal  (2)pritam aae nepal  (8)