बेलबारीः बेलबारी नगरपालिकाको आयोजनामा भएको लैङ्गिक हिंसासम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा सञ्चालन भएको कार्यक्रममा ७० जना भन्दा बढी सहभागी थिए । सहभागीहरूलाई महिला अभियन्ता शोभा बजगाईंले सहजीकरण गरेकी थिइन् । उनीहरूलाई लैङ्गिक हिंसा, महिला हिंसा र हिंसापछिको कानुनी उपचारको बारेमा प्रशिक्षण दिइएको थियो ।
बेलबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
कार्यक्रममा सहभागी भएका बेलबारी–८ का जयप्रसाद अधिकारीले आफूलाई लैङ्गिक हिंसासम्बन्धी थाहा नभएको र नगरपालिकाले गाउँमा यस्ता कार्यक्रम गरिदिँदा जान्न सजिलो भएको जनाए ।