बेलबारीः बेलबारी नगरपालिकाले गरीब तथा असहायलाई ट्युबेल वितरण गरेको छ ।
नगरपालिकाका विभिन्न वडामा ४० वटा भन्दा बढी ट्युबेल वितरण गरिएको हो । गरीब, असहाय तथा पिछडा वर्गलाई ट्युबेल वितरण गरिएको नगरपालिकाले जनाएको छ । बेलबारीका ५, ६, ८ र ११ वडामा ट्युबेल वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
पहिलो चरणमा ४÷५ घरबराबर एउटा ट्युबेल दिइएको मेयर सुवेदीले बताए । उनका अनुसार यो कार्यक्रमले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउनेछ ।
यसअघि किसानलाई लक्षित गरेर नगरपालिकाले डिप बोरिङ वितरण गरेको थियो ।