बेलबारीः गर्मी बढेपछि जतासुकै डेङ्गुका बिरामी बढिरहेका बेला मोरङका केही स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम सहित सरसफाइ गरिरहेका छन् । मोरङका सुन्दरहरैंचा, बेलबारी, पथरी र उर्लाबारी नगरपालिकाले सरसफाइमा जोड दिइरहेका छन् ।
बेलबारी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको जनाएको छ । रोग लाग्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय भएकाले नगरवासीलाई जागरुक बनाउन स्वास्थयकर्मीको टोली पठाएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
द्रुत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोकमा रहेका बाइक ग्यारेज, होटल र पसलमा टोलीले आफैँ सरसफाइ गर्दै चेतनामूलक कार्यक्रमसमेत गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष बिश्वकर्माले बताए ।
यस्तै, उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्रमा औषधी छिटेको छ । सुन्दरहरैंचा नगरपालिकाले पनि बजार क्षेत्रमा सरसफाइ गरेको छ ।
धरानमा बैशाख ३१ गते देखि देखा परेकेा डेंगुले महाहारीकाे रूप लिएपछि विशेष सतर्कता अपनाइएकाे छ भने प्रदेश सरकारले विरामीकाे उपचारका लागि ५० लाख र संक्रमित क्षेत्रका लागि ३० लाख बजेट छुट्याएकाे छ । नगरपालिकाले तयार पारकाे र्यापिड रेस्पाेन्स टीमका प्रमुख डाक्टर विजय खनालका अनुसार करिब १२ सय ३० व्यक्तिकाे स्वास्थ्य परिक्षण गर्दा धरानमा ३ सय ६८ बढि विरामीमा डेंगुकाे संक्रमण भेटिएकाे छ । चिकित्सकले दिउँसाेकाे समयमा लामुट्ट प्रभावित क्षेत्रमा लामाे समय खुल्ला लुगालगाएर नबस्न र लामखुट्टेलाइ नियन्त्रणमा लिन अाग्रह गरेका छन्र ।
धरानमा वडा नम्बर १५ र ८ लाइ डेंगु संकटग्रस्त क्षेत्रकाे रूपमा घाेषणा गर्दै विशेष अभियान नै चलाइएकाे छ ।कार्यवहाक प्रमुख नरेशकुमार इवारामले जनचेतना फेलाउन कुनै कसर बाँकि नराखिएकाे जानकारी दिएका छन्र ।