उर्लाबारीः मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा गुडिया र कुसन बनाउने १० दिने तालीम सम्पन्न भएको छ ।
आइतबार सम्पन्न सो तालीममा सामुदायिक वनका २५ जना उपभोक्ताको सहभागिता रहेको समूहका अध्यक्ष भीम राईले जानकारी दिए । तालीममा सम्झना राईले सहजीकरण गरेकी थिइन् ।
वन क्षेत्रको आसपासका गरिब तथा विपन्न समुदायको स्तरोन्नतिका लागि वनले सीपमूलक तालीमहरूको आयोजना गर्दै आएको कोषाध्यक्ष ज्योति थापाले जानकारी दिए ।