धरानः धरानको वडा नम्बर १७ ले आफ्नो वडाका टोल विकास संस्थाका महिलालाई उद्घोषण तालीम प्रदान गरेको छ ।

मङ्गलबार धरान उपमहनगरपालिकाको १७ नंं वडा कार्यालयले आयोजना गरेको तालीम उदय सामुदायिक वन उपभोक्ता समितिको हलमा सञ्चालन भएको थियो । तालीममा विभिन्न टोल उत्थान समितिका ३० जना महिला सदस्यको सहभागिता रहेको थियो । समाजमा आयोजना हुने कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालीम आयोजना गरिएको १७ नं. वडाकी महिला सदस्य मीना लावतीले बताइन् ।

अझै पनि महिलाहरू पछि परिरहेको अवस्था भएकाले र उनीहरूको सशक्तिकरण गर्नुपर्ने आवश्यकता भएको हुनाले कार्यक्रम गरिएको १७ नं. वडाका अध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईले बताए । महिलालाई आत्मनिर्भर बनाउन हरेक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने उनको भनाइ थियो ।

udghosan talim  (1)