बेलबारीः बेलबरीको लक्ष्मीमार्गमा रहेको लक्ष्मी उच्च माविमा मानसिक तनाव न्यूनीकरणसम्बन्धी एक दिने प्रशिक्षण आज सम्पन्न भएको छ ।
पछिल्लो समय मानसिक तनावका कारण युवाहरू लागूपदार्थ सेवन र आपराधमा संलग्न रहेको एवम् आत्महत्या गर्न थालेको भन्दै त्यस्ता घटना न्यूनीकरणका लागि प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा घरायसी समस्या, व्यक्तिगत समस्यालगायतका कारण पनि युवायुवतीले बढी मानसिक तनाव लिने गरेको बताइएको थियो ।
मानसिक तनाव एउटा अवस्था रहेको र समयमा उचित परामर्श दिएमा तनावमुक्त हुन सकिने कार्यक्रमका प्रशिक्षकले बताएका थिए ।
मानसिक बिरामीका कारण अप्रिय घटना हुन नदिन परिवारको निगरानीमा राख्नुपर्ने, विद्यालयस्तरमा मानसिक तनाव न्यूनीकरणसम्बन्धी तालिम दिइनुपर्ने लगायतका विषय अघि सारिएको थियो ।
प्रशिक्षणको सहजीकरण मानव अधिकारकर्मी एवम् नेपाल युवा परिषद्का प्रदेश नं. १ का संयोजक सुशील राजभरले गरेका थिए ।