इटहरीः डेंगुु नियन्त्रणका लागि प्रदेश सरकारले आपतकालिन सुरक्षा बैठक बोलाएको छ । आज झापा, मोरङ र सुनसरीका उच्च सुरक्षा अधिकारीहरुलाई बोलाएर डेंगुु प्रभावित क्षेत्रको अवस्था र सतर्कताकाका विषयमा आपतकालिन बैठक डाकिएको मुख्यमन्त्री एवंम मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

सचिव अधिकारीका अनुसार एक महिना अघि देखि धरानमा देखिएको डेंगुु प्रकोप नियन्त्रण र यो सँगै आपसापसका पालिकामा समेत देखिएको संक्रमणसँग कसरी जुध्ने भन्ने बारे योजना बनाइएको छ । जसमा आवश्यक सचेतनाका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिइएको छ । त्यसै गरि प्रदेश सरकारले संक्रमित क्षेत्रलाई छुुट्याएको रकम चाँडै उपलब्ध गराउने र विपी प्रतिष्ठानमा दिइने दुुइ थान भेन्टिलेटर चाँडै खरिद गरिहाल्ने उल्लेख छ ।

विरामी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेष व्यवस्था गरिने भएको छ । त्यस्तै विराटनगरको कोशी अञ्चल अस्पचाल र झापााको मेची अञ्चल अस्पतालमा पनि विशेष व्यवस्था मिलाउने तयारी भएको छ । यसका साथै निजि अस्पतालहरुमा समेत उपचारका लागि विशेष व्यवस्था मिलाउन आग्रह गरिने उल्लेख छ ।

त्यस्तै विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका र दमक नगरपालिकासहित विभिन्न संक्रमित पालिकामा निरोधात्मक उपाय अवलम्बन गर्न आग्रह गरिने बताइएको छ ।