भोजपुरः भोजपुरको सुदूर दक्षिण आमचोक गाउँपालिकाका ६८ विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जर्मन सहयोग नियोग र गाउँपालिकाको साझेदारीमा गाउँपालिकाका १० वटा वडाभित्रका ती घरपरिवारलाई सोलार बाँडिएको हो । गाउँपालिका प्रमुख अशोक राईले तत्काल विद्युत विस्तार गर्न नसकिने र हालसम्म सोलार समेत किन्न नसकेका ६८ घरधुरीलाई सोलार वितरण गरिएको बताए ।

प्रत्येक विपन्न परिवारलाई ५५ वाट क्षमताको सोलार सेट प्रदान गरिएको हो । विपन्न, एकल महिला, दलित, जनजातिलाई प्राथमिकतामा राखेर सोलार सेट प्रदान गरिएको जर्मन विकास नियोग ग्रामीण उर्जाका लागि नवीकरणीय उर्जा रेरा कार्यक्रमका भोजपुर प्रमुख राजेश बिष्टले बताए ।

arena tv add

वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरूको दैनिक जीवनयापनमा सहज भएको छ । अहिलको समयमा टुकीको सहारामा अँध्यारो कटाउनुपर्ने बाध्यता भएका उनीहरूको लागि कार्यक्रम उपयोगी भएको गाउँपालिकाले जनाएको छ ।