इटहरीः गरिमा विकास बैंकले मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

क्याम्पसमा आयोजित कार्यक्रममा बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेका थिए ।

arena tv add

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको छात्रवृत्तिबाट क्याम्पसमा अध्ययनरत जेहेनदार विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बैंकका मुख्य प्रबन्धक सञ्जुप्रसाद जैसवालले बताए ।