इटहरीः उच्च हिमाली क्षेत्रमा पर्ने मुस्ताङको स्वाद अब इटहरीमा नै चाख्न पाइने भएको छ । आज एक कार्यक्रमका बिच इटहरी होटल एसोसिएनका अध्यक्ष जीवन पराजुलीले इटहरी पश्चिम लाइनमा रहेको मुस्ताङ हाउसको ओपनिङ गरेका छन् ।
कलाकार अर्जुन कार्कीले संचालनमा ल्याएको उक्त मुस्ताङ हाउसमा उच्च हिमाली क्षेत्रका स्थानीय लोकप्रिय खानेकुरा पाइने संचालकले जानकारी दिए । स्वस्थ सफा र ताजा खानेकुरा इटहरी र आसपासका जनताले रुचाउने ठानेर मौलिक खानाको परिकार ल्याइएको उनले बताए । कार्कीले हिमाली खानासँगै नेपाली मौलिक संस्कृती झल्काउने कलाकृतीले  सजिएकाे शान्त वातावरणको अनुभुत गर्न सकिने बताए ।

‘हामीले नेपाली आतिथ्यता, कला, संस्कृती र साहित्यलाईसमेत एकै थलोमा झल्काउने प्रयत्न गरेका छौँ ।’ कार्कीले भने ।
प्रमुख अतिथि पराजुलीले इटहरी क्षेत्रको विकासका लागि सबै खाले होटलको आवश्यता रहेको औल्याए । मुस्ताङ आँफैमा पर्यटकीय महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँको नाम जोडेर खोलिएको र त्यहिँ ठाउँको परिकारसमेत पाइने स्थान भएकोले यो विशेष रहेको बताए ।
संचालक कार्कीले इटहरीको बढ्दो विकासले तानेको बताए । उनले मुस्ताङ हाउसको सम्पुर्ण खर्च करिब एक करोड नाघ्ने जानकारी दिए ।

62503172_840809536288688_2281675924023803904_n