धरानः प्रदेश नम्बर १ को सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम एसइई स्टेट–१ आइडलको उपाधि तरहरास्थित हिमशिखर इङ्लिस बोर्डिङ स्कुलका गौरव राईले जितेका छन् ।

धरान सभागृहमा भएको फाइनलमा उनले बितेका कुराले.... बोलको गीत गाएका थिए । एफटीएल अनलाइन टीभीको आयोजनामा भएको प्रदेशस्तरीय प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका झण्डै २ हजार विद्यार्थीलाई पछि पार्दै उनले सो उपाधी हात पारेका हुन् ।

उनले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए ।

arena tv add

यस्तै, मोरङका राज लोहार विश्वकर्मा फष्ट रनरअप र बिर्तामोडका मिङसोङ केरूङ सेकेण्ड रनरअप बने । उनीहरूले विभिन्न आकर्षक पुरस्कारका साथमा क्रमशः नगद ३० हजार र २० हजार तथा प्लस टु अध्ययनका लागि ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति पाए ।

आस्था विश्वकर्माले पब्लिक च्वाइसको अवार्ड जितिन् । कार्यक्रमका निर्णायक नेपाली तारा दीपक लिम्बूका साथै प्राश्ना शाक्य, राम धामी र विनायक राई रहेका थिए । कार्यक्रम प्रदेश नं. १ का प्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।