झापाः झापाको मेचीनगरमा २ जना डेङ्गुको सङ्क्रमण फेला परेको छ । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलका आमा छोरामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेको बेलामा २२ वर्षीय छोरालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । त्यस्तै, छोराको हेरचाहको लागि धरान गएकी ४९ वर्षीया आमामा समेत डेङ्गुको लक्षण देखिएको हो ।
मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरूको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
यसअघि झापाका भद्रपुर, बिर्तामोड, अर्जुनधारालगायतका पालिकामा ८ जना डेङ्गु सङ्क्रमित व्यक्ति फेला परेका थिए ।