बेलबारीः प्रदेश नम्बर १ को अल्पसङ्ख्यक जातिका रूपमा रहेको धिमाल जातिको सिर्जात जात्री पर्वको अवसरमा मोरङका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
सोमबार बेलबारी, उर्लाबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । मोरङका २ स्थानीय तहले धिमाललाई पहिलो जाति घोषणा गरिसकेका छन् । बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले पहिलो जाति घोषणा गरेका छन् । धिमाल जातिको जात्री पर्व प्रत्येक वर्ष वैशाख २ गतेबाट शुरु भएर असार २ गते समापन हुने गरेको छ ।