धरानः एसईई स्टेट वान सिङ्गिङ आइडलका विजेतालाई आइतबार धरानमा पुरस्कार वितरण गरिएको छ ।
युएन नवोदय कलेजमा एक कार्यक्रम आयोजना गरी विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो । आइडलका विजेता गौरव राई, फस्ट रनरअप राज लोहार, सेकेण्ड रनरअप मिक्सुहाङ केरुङ र पब्लिक च्वाइस अवार्ड विजेता आस्था विश्वकर्मालाई नगद पुरस्कार वितरण गरिएको थियो ।

उनीहरुलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । पुरस्कार रकममा ३० प्रतिशत कर कट्टा गरी वितरण गरिएको आयोजक फक्ताङलुङ मिडिया प्रालिका अध्यक्ष डम्बर तुम्बापोले बताए ।

पुरस्कार वितरणपश्चात् बोल्दै तुम्बापोले विजेताहरूलाई आफ्नो प्रतिभा निखार्दै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका थिए । उनले एसईई आइडलका विजेताहरूको साङ्गीतिक क्यारियर भर्खरै शुरु भएको भन्दै त्यसलाई निखार्दै शैक्षिक प्रगति गर्नका लागि शुभकामना दिएका थिए ।