धरानः राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ नगर समन्वय परिषद्, धरानले महिलाका लागि उद्घोषण तथा भाषणकला तालीमको आयोजना गरेको छ ।

३ दिने सो तालीममा १३ जातीय संस्थाबाट ३९ जना महिला सहभागी थिए । जनजाति समुदायका महिलाहरु धेरै लामो समयदेखि पछि परिरहेका हुनाले उनीहरुको सशक्तिकरण र विकासका लागि सबै क्षेत्रले महत्वका साथ कार्यक्रम सञ्चालन गर्न जरुरी भएको राष्ट्रिय जनजाति महिला महासङ्घ सुनसरीकी अध्यक्ष सङ्गीता सुब्बाले बताइन् ।

udghosan talimm  (2)