झापाः शाही युवा शक्ति नेपालको पुर्वान्चल सचिवमा इटहरी निवासी कृष्ण कुमार घिमिरे नियुक्त भएका छन् । झापाको मेचीनगर नगरपालिका ५ मा गरिएको एक कार्यक्रमकाबिच मोरङ स्थायी घर भएका घिमिरेलाई पुर्वान्चल सचिव नियुक्ति गरिएको शाही युवा शक्ति नेपालले बताएको छ ।

केन्द्रीय सदस्य गरिराजमणि पौडेल, नवराज ढकाल लगायतको उपस्थितिमा घिमिरेलाई नियुक्ति गरिएको हो । यस्तैगरि, ‘राजसंस्था पुनः स्थापना गरौँ, हिन्दु राष्ट्र कायम गरौँ, गणतन्त्र खारेज गरौँ’ नारा रहेको संस्थाको सुनसरी सल्लाहकारमा जीवन पोखरेल नियुक्ति भएको शाही युवा शक्ति नेपालले बताएको छ ।