उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकामा २ वर्षको अवधिमा १३ किलोमिटर ५ सय ३१ मिटर सडक कालोपत्रे गरिएको छ ।
गत आर्थिक वर्षमा ६ किलोमिटर ३ सय ६१ मिटर तथा चालु आर्थिक वर्षमा ७ किलोमिटर १ सय ७० मिटर सडक कालोपत्रे भएको नगर प्रमुख खड्ग फागोले जानकारी दिए । गत आर्थिक वर्ष २०७४÷०७५ मा वडा नं. ३ मा १ हजार १२ मिटर, वडा नं. ४ मा १ हजार ३ सय ९५ मिटर, वडा नं. ५ मा १ हजार ४ सय ७९ मिटर, वडा नं. ६ मा ९ सय ६० मिटर र वडा नं. ७ मा १ हजार ५ सय १५ मिटर सडक कालोपत्रे गरिएको उनले बताए ।
यस्तै, चालु आर्थिक वर्ष २०७५÷०७६ मा वडा नं. १ मा ६ सय ६० मिटर, वडा नं. ३ मा ४९ मिटर, वडा नं. ४ मा ८ सय ५४ मिटर, वडा नं. ५ मा १ हजार ३ सय ५० मिटर, वडा नं. ६ मा ४ सय १७ मिटर, वडा नं. ७ मा २ हजार ५ सय ६० मिटर र वडा नं. ९ मा ४० मिटर सडक कालोपत्रे भएको छ ।
यसैगरी, आ.व. २०७४÷०७५ मा ४५ किमि १ सय १० मिटर र २०७५÷०७६ मा ४० किमि ९ सय २ मिटर सडक ग्राभेल गरिएको छ । अघिल्लो आर्थिक वर्षमा वडा नं. १ मा ७ हजार २ सय ८९, वडा नं. २ मा ४ हजार ९ सय ४३, वडा नं. ३ मा १ हजार, वडा नं. ४ मा ३ हजार २ सय ८४ र वडा नं. ५ मा ४ हजार ६ सय ४५ मिटर सडक ग्राभेल भएको छ । त्यस्तै, वडा नं. ६ मा २ हजार २ सय ६०, वडा नं. ७ मा ३ हजर १ सय १, वडा नं. ८ मा १० हजार ६ सय ७० र वडा नं. ९ मा ७ हजार ९ सय मिटर सडक ग्राभेल गरिएको थियो ।
चालु आर्थिक वर्षमा वडा नं. १ मा ७ हजार ७ सय ३०, वडा नं. २ मा ४ हजार ८, वडा नं. ३ मा ६ हजार, वडा नं. ४ मा ३ हजार १ सय ३६, वडा नं. ५ मा २ हजार ६ सय ८६, वडा नं. ७ मा १ हजार ६ सय ५०, वडा नं. ८ मा १३ हजार ७ सय ८० र वडा नं. ९ मा ५ हजार ९ सय २ मिटर सडक ग्राभेल गरिएको नगर प्रमुख फागोले जानकारी दिए ।
यी दुई आर्थिक वर्षमा ४३ हजार ४६ मिटर ड्रेन निर्माण भएको छ । अघिल्लो आवमा २० हजार ८ सय ७६ र चालु आवमा २२ हजार १ सय ७० मिटर ड्रेन निर्माण भएको हो । यस्तै, गत आर्थिक वर्षमा वडा नं. १ मा ४, वडा नं. २ मा ३, वडा नं. ४ मा २, वडा नं. ५ मा १, वडा नं. ८ मा ४ र वडा नं. ९ मा १ गरी १५ वटा कल्भर्ट निर्माण गरिएको थियो । यस आर्थिक वर्षमा वडा नं .१ मा ५, वडा नं. २ मा ३, वडा नं. ३ मा १, वडा नं. ४ मा ४, वडा नं. ८ र ९ मा ४÷४ वटा गरी २१ वटा कल्भर्ट निर्माण गरिएको नगरपालिका योजना तथा शहरी विकास शाखाले जनाएको छ ।
सिँचाइ तथा पैनी निर्माणतर्फ वडा नं. १ मा १०, वडा नं. २ मा २, वडा नं. ५ मा ४, वडा नं. ६ मा १२ थान बोरिङ वितरण गरिएको छ । वडा नं. १ मा ६०, वडा नं. २ मा ५७ मिटर, वडा नं. ३ मा १३ मिटर, वडा नं. ९ मा ३ सय १७ मिटर पैनी निर्माण गरिएको र वडा नं. ८ को ७ हजार ३ सय ७५ मिटर पैनी मर्मत गरिएको छ ।
उर्लाबारीमा यी दुई आवमा ३६ वटा भवन निर्माण तथा मर्मत कार्य भएको छ । वडा नं .१ मा ३, वडा नं. ३ मा ५, वडा नं. ४ मा ९, वडा नं. ५ मा ४, वडा नं. ६ मा ५, वडा नं. ७ मा ४, वडा नं. ८ मा ५ र वडा नं. ९ मा १ वटा भवन निर्माण तथा मर्मतको कार्य सम्पन्न भएको बताइएको छ ।
उता, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत मावा र बक्राहा खोलामा नदी नियन्त्रण कार्य गरिएको छ । बक्राहा खोलामा २ सय ७६ मिटर र मावा खोलामा २ सय ३३ मिटर तटबन्धन गरिएको छ । बक्राहा खोलामा १ सय ४४ मिटर भूसंरक्षणको कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।