धरानः धरान उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा क्षमता अभिवृद्धि प्रशिक्षण तालीम सम्पन्न भएको छ । तालीममा वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी सहभागी भएका थिए । वडा कार्यालयले सम्पन्न गर्ने काम र पदाधिकारीको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्ने क्षमता विकासका लागि तालीमको आयोजना गरिएको वडाध्यक्ष माधवगोविन्द श्रेष्ठले बताए ।

तालिममा कर्मचारीको व्यक्तिगत र कार्यालयको संस्थागत क्षमता अभिवृद्धिका लागि आवश्यक ज्ञान, सीप र धारणाको विषयमा छलफल गरिएको थियो । कार्यक्रमको संयोजन महिला सदस्य बुना शङ्करले गरेकी थिइन् ।