धरानः औजार प्रकाशन सहकारी संस्थाका अध्यक्ष मोतीराज सुनुवार तथा गायिका अम्बिका दवाडीको सुनमाया...बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

arena tv add

गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहल धरानमा भएको कार्यक्रममा १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, नेकपाका केन्द्रीय सदस्य धर्म निरौला र सङ्गीतकार विजय श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रममा धरानका सञ्चारकर्मी र नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सभामुख भण्डारीले मोतीराज सुनुवार सबै क्षेत्रमा मोतीजस्तै चम्किलो रहेको बताएका थिए । उनले मोतीराज सुनुवार पहिलेदेखि मजदुरको क्षेत्रमा, त्यस्तै पार्टीका विभिन्न गतिविधिमा, पत्रकारितामा र अहिले आएर साङ्गीतिक क्षेत्रमा पनि उत्तिकै सफल देखिएको भन्दै उनले सबै क्षेत्रमा मोतीराज सुनुवार मोती झैँ चम्किलो देखिएको बताए । उनले गीतको शब्द, सङ्गीत, लय र स्वर सबै उत्कृष्ट रहेको भन्दै साङ्गीतिक भविष्यका लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य धर्म निरौलाले मोतीराज सुनुवार पहिलेदेखि नै माक्र्सवादलाई पालना गर्दै व्यवहारमा समेत लागू गर्ने नेता भएको बताए । उनले कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दा गीत सङ्गीतको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

नेता निरौलाले धेरैजसो नेताले फुर्सदको समयमा कथा, कविता, गीत, गजल लगायतका रचना गर्ने गरेको भन्दै आफूले पनि बेलाबेलामा कविता लेखिरहने गरेको बताए । उनले आफूले लेखेको कविता पनि कार्यक्रममा सुनाएका थिए ।