बेलबारीः गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि विकास नभएको र कर मात्रै बढाएको भनी विरोध भइरहेको बेला बेलबारी नगारपालिकाको वडा नम्बर ६ का जनप्रतिनिध भने आफैं हेल्प डेस्कमा बसेर सेवा दिन थालेका छन् ।
सेवाग्राहीको काम छिटो, छरितो गर्नुका साथै काममा सहजता दिलाउने उद्देश्यका साथ हेल्प डेस्कको स्थपना गरिएको वडध्यक्ष उदयबहादुर राई (राजु) ले बताए ।
हेल्प डेस्कमा ४ जना वडा सदस्यले पालैपालो दिनहुँ सेवा दिने अध्यक्ष राईले बताए । उनका अनुसार हेल्प डेस्कबाट व्यक्तिगत घटनाको फर्म भर्ने सिफारिश गर्नेलगायतका सबै सिफारिश निःशुल्क गरिने राईले बताए ।
कर्मचारीसरह नै वडा सदस्यहरू कार्यालय समयमा बसेर काम गर्ने गरेको सदस्य मञ्जु पोख्रेलले बताइन् ।
हेल्प डेस्क स्थपना भएपछि काम लिएर आउने सेवाग्राही नठगिने विश्वास वडा कार्यालयले लिएको राईले बताए । जनतासँग प्रत्यक्ष भेटघाट हुने तथा उनीहरूका समस्या समेत जनप्रतिनिधिले बुझ्न पाउने उनी बताउँछन् । वडा कार्यालयमा दैनिक १ सय भन्दा बढी सेवाग्राही आउने गरेको अध्यक्ष राई बताउँछन् ।