विराटनगरः प्रदेश नम्बर १ की सांसद विन्दिया कार्कीले इटहरीका मेयरलाई पागलखाना पुर्याउन सुझाव दिएकी छिन् । आज बसेको प्रदेश संसद बैठकमा कार्कीले महिलाको चरित्रमाथि औला उठाउँदै सबै महिलालाई लाञ्छना लगाउने गरी दिएको मेयर द्वारिकलाल चौधरीको अभव्यिक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गरेकी हुन् ।

उनले चौधरीलाई पार्टीले छाडा छाडेको भन्दै आक्रोश पोखिन् । भनिन् ‘के पार्टीले उहाँलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’

मेयर चौधरीले पत्रकारलाइ निरन्तर धम्की दिँदै आएका छन् भने सार्वजनिक मञ्चबाटै पत्रकारिता पेशाको धज्जी उडाउने काम गर्दै आएका छन् । उनले केही दिन अघि मात्र सार्वजनिक फोरमबाटै महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द पटकपटक दोहोर्याएका थिए ।

मेयरको उक्त कदमको महिला संजालले समेत आपत्ति प्रकट गरेको छ भने उनको सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ ।