इटहरीः जनता बहुमखी क्याम्पस इटहरीको पब्लिक क्याम्पस प्राध्यापक सङ्घको इकाइ सभापतिमा उपप्राध्यापक अर्जुनकुमार उप्रेती चयन भएका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका सुनसरी अध्यक्षसमेत रहेका उप्रेतीलाई आज बनेको नयाँ कार्यसमितिमा प्राध्यापकहरूले सर्वसम्मत नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएका हुन् ।
११ सदस्यीय कार्यसमितिको उपसभापतिमा मनोज चौधरी, सचिवमा पुरुषोत्तम दाहाल, सह– सचिवमा उमेश खड्का, कोषाध्यक्षमा रविन बराल र सदस्यहरूमा बद्री ढुङ्गेल, शान्तिराम दाहाल, कमला थापा, कृष्णकला राई, युवराज सुवेदी र तीर्थ कार्की रहेका छन् ।
सभापतिमा चयन भएका उप्रेतीले प्राज्ञिक उन्नयनका लागि योजनाबद्ध कार्य गर्ने प्रदेश पोर्टललाई बताएका छन् । ‘पेशागत हक, हित र प्राज्ञिक उन्नयनका लागि सबै विचार र पक्षसँग संवाद गरेर पेशालाई मर्यादित बनाउने र आत्मसम्मानयुक्त बनाउने काममा लाग्नेछु’, उनले भने ।

40377612_2153864071352139_7760066220862210048_n 1