उर्लाबारीः उर्लाबारी नगरपालिका वडा नं. २ ले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ ।

शनिबार उर्लाबारी – २ का ४ जनालाई ह्वील चेयर र १ जनालाई श्रवणयन्त्र वितरण गरिएको हो । वडाध्यक्ष राजन कँडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दै कँडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको गुनासो गरे । अपाङ्गता भएका व्यक्तिसमेत रहेका वडाध्यक्ष कँडेलले अपाङ्गता भएका व्यक्तिहरूको भवन निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको बताए । उनले आपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिए ।

arena tv add

उर्लाबारी वडा नं. २ को कार्यालयबाट अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सेवा पाउँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको समूह वडा नं. २ का अध्यक्ष झलक बुढाथोकीले बताए । वडा कार्यालयले सहायक सामग्री वितरणका लागि १ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । उनका अनुसार वडा नं. २ मा ३ सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।