उर्लाबारीः उर्लाबारी–मधुमल्ला सडक खण्डको कालोपत्रे बनिनसक्दै भत्किएर खाल्डैखाल्डा बनेपछि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको पहलमा क्रसर व्यवसायीले गिटी हालेका छन् ।

कालोपत्रे सडकमा ठूलाठूला खाल्डा बनेपछि यात्रु तथा सवारी साधन समस्यामा परेका थिए । स्थानीयवासीको गुनासोका आधारमा प्रमुख फागोले उर्लाबारी क्षेत्रका क्रसर व्यवसायीलाई गिटी हाल्दिन अनुरोध गरेका थिए । सोही आधारमा शुक्रबार क्रसर व्यवसायीले खाल्डाखुल्डीमा गिटी हालेका हुन् । सो सडक खण्डको उर्लाबारी क्षेत्रभर भएका खाल्डा पुर्ने जनाइएको छ ।

arena tv add

०६९ जेठ ४ मा ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले ठेक्का लिएको थियो । ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता भएको ८ वर्ष बितिसक्दा समेत ठेकेदारले सडक निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरेको छैन । ठेकेदार कम्पनीलाई अख्तियारमा मुद्दा परेको छ ।