१. गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
- सन् १८५५ अगस्त २७
२. सन् २०१० को CNNसिएनएन हिरोको अवार्ड कसलाई प्रदान गरिएको थियो ?
- अनुराधा कोइराला
३. नेपालमा सर्वप्रथम कुन देशको राजदूतावास खुलेको थियो ?
- बेलायत
४. आसियानमा पर्ने सबैभन्दा ठुलो र सानो देश कुनकुन हुन् ?
- ठुलो- इन्डोनेसिया, सानो- सिंगापुर
५. युरो मुद्रा कहिले देखि प्रचलित भएको हो >
- सन् १९९९ जनवरी १
६. गौतम बुद्धको पूर्वजन्ममा आधारित कथालाई के भनिन्छ ?
- जातक कथा
७. माझी जातिले आफ्नो कुलदेव कसलाई मान्दछन ?
- भीमसेन
८. रोईला गीत नेपालको कुन जिल्लामा प्रचलित छ ?
- गुल्मी
९. नेपाल सरकारले हलिया प्रथा कहिले उन्मूलन गरेको हो ?
- २०६५ भाद्र २१ गते
१०. कार्यकाल अगावै बिमान दुर्घटनामा परी मृत्यु भएका संयुक्त राष्ट्र संघका महासचिव को हुन् ?
- ड्याग ह्यामरसोल्ड (स्वीडेन)
११. संयुक्त राष्ट्र संघका हालका महासचिव एन्टोनियो गुटेरेस कुन देशका भूतपूर्व प्रधानमन्त्री हुन् ?
- पोर्चुगल
१२. मार्गा पूजा कुन जातिको धार्मिक संस्कारसँग जोडिएको छ ?
- आठपहरिया राई
१३. तर्बारे नाच कुन जातिको प्रचलित नृत्य हो ?
- गन्धर्व जाति
१४. नेपाल सरकारले कुन योजनादेखि वैदेशिक ऋण लिन सुरु गरेको हो ?
- चौथो पन्चवर्षीय योजना
१५. नेपाल औपचारिक रूपमा विश्व व्यापार संगठनको सदस्य बनेको हो ?
- सन् २००४ अप्रिल २३
१६. रिकेट्स रोग कुन भिटामिनको कमीले लाग्दछ ?
- भिटामिन डी
१७. चर्चित गीतकार छिन्नलताको वास्तविक नाम के हो ?
- रमोलादेवी शाह
१८. रामायणमा रावणको बगैंचालाई के नाम दिईएको छ ?
- अशोक बाटिका
१९. भगवान् बुद्धको मावली गाउँ भनेर नेपालको कुन स्थानलाई चिनिन्छ ?
- नवलपरासीको रामग्राम
२०. भारतीय स्वतन्त्रता संग्राममा भारत छोड आन्दोलनको सुरुवात कहिले भएको थियो ?
- सन् १९४२