बेलबारीः मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतिर गइरहेका दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो । को १६ प ३३३९ र को १७ प ६१४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा को १६ प ३३३९ नम्बरको मोटर साइकलको पछाडि बस्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय भोलामान तामाङको मृत्यु भएको हो ।
तामाङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै सवारी चालक तथा सवारी साधन इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । दुई वटै मोटरसाइकलमा २÷२ जना सवार रहेकोमा १ जना भने सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।