बेलबारीः मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साइकलमा यात्रा गरिरहेका मोरङको सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम मोचीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।