इटहरीः भदौ २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र रोजको टिम अहिले मोफसल यात्रामा छ । चलचित्रमा प्रदीप खड्का, मिरुना मगर, पारमिता राज्यलक्ष्मी राणा मुख्य भूमिकामा रहेका छन् । चलचित्रको टिमले पोखराबाट मोफसल यात्रा शुरु गरेको जनाएको छ ।
पोखराबाट सुरु भएकोे कन्सर्ट शुक्रबार बुटवलमा र शनिबार चितवनमा हुने भएको छ । त्यस्तै, आइतबार इटहरी र धरानमा, तथा सोमबार दमक र बिर्तामोडमा आयोजना हुने चलचित्रका निर्देशक निरक पौडेलले जानकारी दिए । हरेक शहरमा कलाकारले कन्सर्टसँगै सञ्चारकर्मीसँग साक्षात्कार पनि गर्ने बताइएको छ ।
गोपीकृष्ण मुभिज र आरोही फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको बताइएको छ ।