विराटनगरः विराटनगरस्थित रानी भन्सार कार्यालयको रेकर्डले वर्षेनी व्यापार घाटा बढ्दो देखाएको छ । उपभोग्यवस्तुु समेतको बढ्दो आयातले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको भन्सार अधिकारीहरुले बताएका छन् ।
कार्यालयका सुचना अधिकारी मणिराम पौडेलका अनुसार अघिल्लो साल भन्दा यो साल व्यापार घाटा १४.७७ प्रतिशत बढि रहेको देखिएको छ । अर्थात यो वर्ष विराटनगर भन्सार कार्यलयबाट हुने व्यापार आयात निर्यातमा १ खर्व १४ अर्व ९० करोड बराबरको नोक्सानी देखिएको हो ।
चालु आर्थिक वर्षको बैशाख सम्मको रेकर्डअनुसार १३ अर्व ६१ अर्व १७ करोड बराबरको आयात भएको छ । यहि अवधिको अघिल्लो सालको रेकर्डले ११ अर्व ८१ अर्व ५ करोडको आयात भएको थियो । जसमा १ खर्व ११ करोड व्यापार घाटा रहेको देखाउँछ ।
समग्र मुलुकको व्यापारघाटा वार्षिक ९ खर्व, ९ अर्व २६करोड रहेको अधिकारीहरुले बताएका छन् ।