इटहरीः गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल बिर्तामोडमा उपचार शुल्कमा विशेष छुट दिने सहमति भएको छ । बैंक र अस्पतालबीच आइतबार यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि बैंकमा बचत खाता रहेका ग्राहक तथा भिजा कार्ड होल्डरले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण डेण्टल सेवालगायतका सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका प्रदेश नं. १ मा झापाको बिर्तामोड, दमक, बुधबारे र बनियानी, मोरङको विराटनगर, विराटचोक र टंकीसिनुवारी तथा सुनसरीको धरान र इटहरीमा शाखा रहेका छन् ।