धरानः प्रदेश सरकारले धरानको डेंगुु प्रभावित क्षेत्रका लागि भनेर छुट्ट्याएको ठुलो रकम अझै नपुगेको कार्यवाहक मेयर मञ्जु भण्डारीले खुलासा गरेकी छिन् । वैशाख अन्तिम साता देखि धरानमा देखिएको प्रकोपलाई मध्यनगर गर्दै सरकारले तत्काल ८० लाख छुट्ट्याएको घोषणा मुख्यमन्त्री शेर धन राईले सांसदमार्फत गराएका थिए । राईका अनुसार ८० लाख मध्ये ५० लाख बिरामीको स्वास्थय उपचार र ३० लाख प्रकोप क्षेत्रको सुरक्षाका लागि थियो ।
बिरामीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार पाइरहँदा आवश्यताको हिसाबले प्रकोप क्षेत्रका लागि चाहिले ३० लाख तुरुन्त दिइनुपर्ने हो । तर, अहिलेसम्म धरानमा प्रदेश सरकारको उक्त न प्रभावित क्षेत्रमा नै पुग्यो, न त स्थानीय सरकारलाई बजेट आउँदै छ भन्ने जानकारी नै गराइयो ।
यो बारे बुझ्दा धरान सरकार प्रमुख भण्डारीले अहिले सम्म एउटा पत्र समेत नपाएको जानकारी दिइन् । ‘वहाँहरूले प्रकोप क्षेत्र र बिरामीका लागि भनेर बजेट छुु्टयाउनुुभएको छ रे, मिडियामार्फत सुनेकी हुँ ।’
धरानमै मन्त्री स्तरीय कार्यक्रम समेत हुँदा पनि त्यहाँ आएका प्रतिबद्धताअनुसार कुनै काम नभएको गुनासो गरिन् । धरानमा डेंगुु नियन्त्रणका लागि प्रतिष्ठानका विशेषज्ञ, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगले मात्र डेंगुु नियन्त्रणमा लिन सम्भव भएको बताइन् । जनप्रतिनिधिले विशेष महत्त्व लिएर यो प्रकोप सँग जुध्न सहज भएको भण्डारीले जानकारी दिइन् ।