भोजपुरः भोजपुरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा मङ्गलबार दिउँसो ३ बजे बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर ३५ वर्षीय शम्भु बिसुंखेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय लक्ष्मी आधारभूत विद्यालयको निर्माणको क्रममा भवनको माथि रहेको बिजुलीको नाङ्गो तारमा छोइएर करेन्ट लागी ती युवकको घटनास्थलमै ज्यान गएको हो ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।