उर्लाबारीः मोरङको उर्लाबारीमा उपभोक्ता संरक्षण, बजार नियमन तथा बजार अनुगमनसम्बन्धी बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको आयोजनामा उर्लाबारी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको सो कार्यक्रममा सरोकारवालाले उपभोक्ता संरक्षण, बजार नियमन तथा बजार अनुगमनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रियामा व्यवसायीको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख अधिकृत हिमालय बराल र खाद्य निरीक्षण तथा गुण नियन्त्रण कार्यालयका अधिकृत शङ्कर न्यौपानेले सहजीकरण गरेका थिए ।

udhyog banijya sang nirwachan patra [Recovered]-14

कार्यक्रममा उपमेयर लक्ष्मी भण्डारीलगायतले बोलेका थिए । उर्लाबारी उद्योग वाणिज्य सङ्घको संयोजनमा भएको सो कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव रामबहादुर थापाले गरेका थिए । सङ्घका अध्यक्ष प्रीतम खड्गीले उपभोक्ता संरक्षण, बजार नियमन तथा बजार अनुगमनसम्बन्धी व्यवसायीहरूलाई जानकारी गराउने उद्देश्य अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी दिए ।