विराटनगरः गत असार २ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले राजपत्रमार्फत ताजा तरकारी र फलफूल पैठारी गर्दा सम्बन्धित भन्सारमा अनिवार्य विषादी परिक्षण गर्नुपर्ने सुचना प्रकाशित गर्यो । देशभरका नाकामा ताजा तरकारी र फलफूल रोकिए । विषादी मापक यन्त्र भएको स्थानमा यो सम्भव भएपनि प्रदेश एकको ठुलो भन्सार विन्दु रानीस्थित विराटनगर भन्सार कार्यालयमा भने करोडौँमा तरकारी र फलफूल थुप्रिए ।
मन्त्रालयले अनिवार्य भनेको कुरामा न भन्सारमा कुनै विषादी मापन यन्त्र थियो न क्वारेन्टीइन कार्यालयमा नै । सरकराले बीना तयारी यस्तो निर्णय गरेपछि अहिले पूर्वी नाकाबाट तरकारी र फलफूल आएका छैनन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी मिमांस अधिकारीले विषादी मापन कसले गर्ने भन्ने अन्यौल भएका कारण विभागलाई यस बारे स्पष्ट पारिदिन पत्रका काटिएको बताउँछन् ।
रानी स्थित क्वारेन्टीन कार्यालयको क्षेत्राधिकार विरुवा तथा विरुवाजन्य वस्तुको आयात तथा निर्यातमा शत्रु जीवको अवशेष रहे नरहेको मात्र पहिचान गरि सोहिअनुसार काम गर्ने जिम्मेवारी भए पनि यस अघि फलफूल र विषादीको पहिचान समेत गर्नेगथ्र्यो ।
कुनै व्यवस्थित ल्याब नभएपनि आँखाले हेरैकै भरमा भन्सारबाट नेपाल भित्र्याउने अनुुमती दिने गरेको थियो ।
तर अब देखि भने मन्त्रालयले कडाइका साथ विषादीको मात्रा जाँच गरेर मात्र तरकारी र फलफूल भित्र्याउने स्पष्ट निर्देशक आइसकेपछि अब क्वारेन्टीन कार्यलयले पनि आफ्नो अधिकार क्षेत्र नपर्ने गरेको भन्दै भन्सार कार्यालयलाई पत्र लेखिसके प्लान्ट क्वारेन्टाइन चेक पोष्ट रानीका बरिष्ट प्लान्ट क्वारेन्टाइन अधिकृत अरुण कुुमार घिमिरेले जानकारी दिए ।
भरपर्दो विषादी मापन केन्द्र नभएपनि अहिले नेपाल भित्रिन लागेका ठुलो परिमाणका तरकारी र फलफूल भारत फर्किका छन् भने कति बिग्रिइ सकेका छन् । अहिले नेपाली व्यापारीले भारतीय तरकारीको माग गर्न छाडेपछि नेपालमा यसको मुल्य बढ्ने निश्चित छ भने नेपाली तरकारीले आफ्नै बजार पाउने सम्भावना पनि छ ।
तर, सरकारको फेरबदर भइरहने नीतिले व्यवसायिकढंगले तरकारी खेती गर्ने किसानलाई लगानी सुरक्षित हुने सुनिश्चित नहुँदा भारतीय तरकारी पुनः भन्सार छलि गरेर नेपाल भित्रिने हो की भन्ने चिन्ता नेपाली किसानलाई रहेको देखिन्छ ।
गत बैशाख महिनाको मात्र आकंडा अनुसार सागपात तथा हरियो तरकारी मात्र १ करोड ३५ लाख र अन्य ताजाफलफूल ५८ लाख मुल्य बराबरको नेपाल भित्रिएको छ ।