विराटनगरः मुख्यमन्त्री शेरधन राइ अमेरीका जाने भएका छन् । अमेरीकाकाे वाल्टिमाेरमा जुलाइ ५, ६ र ७ मा हुने नेपाली भाषिकाे कार्यक्रम नेप्लिज एसाेसिएसन इन अमेरीकाकाे नेसनल कन्फ्ररेन्समा प्रमुख अतिथि हुने कार्यक्रम छ । साे कार्यक्रममा असार १६ गते अमेरीका गएर २५ गते स्वदेश फर्किने कार्यक्रमलाइ अाज बसेकाे मन्त्रीपरिषदले स्वीकृत प्रदान गरेकाे हाे ।
प्रदेश सार्वजनिक निजि साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७६ लाइ प्रदेश सभामा स्वीकृत प्रदान गर्ने निर्णय गरेकाे छ ।
लगानीकर्ताकाे सम्मेलनकाे अायाेजना गर्ने बारेमा अाैपचारिक तयारी समिति मुख्यमन्त्रीकाे संयाेजकत्वमा तयार गर्ने निर्णय गरेकाे छ ।
अान्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अघि सारिएकाे प्रदेश जाँचबुझ तथा अनुन्धान विधेयक २०७६ लाइ प्रदेश सभामा पेश गर्ने अनुमती प्रदान गरेकाे छ । प्रदेश स्वयत्त संघ संस्था गठन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गरेकाे छ ।
कटहरी फलफूल तथा तरकारी थाेक बजार संचालन नियामवली २०७६ लाइ स्वीकृत प्रदान गरेकाे छ ।
पाँचथर हत्याकाण्डमा बच्न सफल सीता खजुमकाे उपचारमा लागेकाे रकम उपलब्ध गराउने समेत निर्णय भएकाे छ । त्यस्तै
सगरमाथा टिन्स क्लबकाे विद्यालयमा संचालन हुने अावश्यक कार्यविधि समेत पास गरेकाे छ ।