विराटनगरः विराटनगरको किन्डरपिल्लर प्रि स्कुलले विद्यालयमा कृष्णाष्टमी मनाएको छ । कृष्णाष्टमी आइतबार मनाइने भए पनि किन्डरपिलर प्रिस्कुलका विद्यार्थीले आज नै भगवान् श्रीकृष्ण र राधा बनेर जन्माष्टमी मनाएका हुन् ।
कृष्ण र राधाको जस्तो पहिरन लगाएर तथा पूजा गरेर विद्यार्थीले कृष्णाष्टमी मनाएका थिए । आफ्नो धर्म तथा चाडपर्वलाई बालबालिकासम्म परिचित गराउन उक्त कार्यक्रम राखिएको स्कुलकी निर्देशक श्रुति शर्माले बताइन् ।