विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धुव्र सुवेदीले जानकारी दिएका छन् ।
अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्ने कार्यक्रम छ।
राइ असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।