शिक्षा क्षेत्रका उद्यमी तथा अध्यापक सागर भट्टराई नयाँ प्रयोग गर्न माहिर छन् । उनले प्रदेश १ मै पहिलोपटक सन्ध्याकालीन कक्षा धरानमा २०६२ सालमा सुरु गरेका थिए । बिएडका कोर्सहरू संन्ध्याकालिन सञ्चालन गरेको नेसनस मल्टीपल कलेज धरानले स्नातक तहमा हेल्थ एन्ड फिजिकल र पपुलेसनका कोर्स पहिलोपटक सञ्चालन गरेको थियो ।
२०७२ सालबाट इटहरीको सिबी कलेजको व्यवस्थापन सम्हालेका भट्टराईले त्यहाँ पनि नयाँ प्रयोग गरे । त्यो हो होटेल म्यानेजमेन्टमा ट्राभल र टुरिजमको अध्ययन । अधिकांश होटेल म्यानेजमेन्टको नाममा पाक कलामात्रै पढाइरहेको समयमा उनले पहिलोपटक इटहरीमा ट्राभल र टुरिजमको अध्ययन सुरु गरे ।
धरानमा र इटहरीका शैक्षिक कोर्समा केही प्रयोग गरेका भट्टराईले हाल सिबी सगरमाथा कलेज इटहरीमा पनि केही प्रयोग गर्न खोजेका छन् । मानविकीको प्लस टुमा पहिलोपटक जापनिज भाषा, खेलकुद विज्ञान, नृत्य र सङ्गीतका कक्षाहरू सिबी सगरमाथा कलेजले यही शैक्षिक सत्रबाट सञ्चालन गरिरहेको छ । यी नयाँ कोर्सहरूको सञ्चालनसँगै सिबी सगरमाथा कलेजबारेमा धेरैको चासो बढेको छ । यसै मेसोमा प्रदेशपोर्टलले यस कलेजमा प्रिन्सिपल सागर भट्टराईसँग कुराकानी गरेको छ ।

जापनिज भाषा, खेलकुद विज्ञान, नृत्य र सङ्गीतका कक्षाहरू त निजी इन्टिच्युटहरुमा मात्रै पढ्न पाइन्थे । तपाँइहरुल अहिले यी विषय पढाउने विज्ञापन गर्दै आउनु भएको छ । यी कोर्सका विषय हुन कि कलेजले दिने अतिरिक्त प्याकेज हुन?

यी कोर्सकै विषय हुन । कक्षा ११ र १२ मा पढ्न सकिने विषय हुन । यी विषयहरू अन्त नपाइएकाले धेरैलाई ११ र १२ का कोर्स हैनन् कि भन्ने भ्रम हुनसक्छ । नेपाल सरकारले कक्षा ११ र १२ लाई पढाउन सकिने विभिन्न विषयहरूको सूचिमा यी विषयहरू छन् । हामीले यिनैलाई एकमुष्ट पढाउन यही शैक्षिक सत्रबाट थालेका हौँ । प्लस टु कोर्समै जापनिज भाषा, खेलकुद विज्ञान, नृत्य र सङ्गीतका कक्षाहरू हामीसँग मात्रै छ ।

कुन फ्याकल्टी अध्ययन गर्नेले यी विषयहरू पढ्न पाउँछ?

कक्षा ११ मा मानविकी पढ्नेले जापनिज भाषा, खेलकुद विज्ञान, नृत्य र सङ्गीत जस्ता विभिन्न चार विषयमा तीन विषय लिएर पढ्न सक्छन् । विभिन्न पाँच विषय पढाइ हुने ११ र १२ कक्षामा यी विभिन्न चार मध्ये तीन विषय लिन सकिन्छ ।

मानविकी मात्रै हैन साइन्स र म्यानेजमेन्टका विद्यार्थीले पनि यी विषयहरू पढ्न सक्छन् । त्यसको लागी बायोलोजी बाहेकका साइन्सका विद्यार्थीले यी चारमा कुनै एक विषय लिएर पढ्न पाउँछन् । म्यानेजमेन्ट पढ्नेले पनि कुनै एक लिएर पढ्न पाउँछन् । होटेल म्यानेजमेन्टले पनि पाउँछन् ।

जापनिज भाषा, नृत्य, सङ्गीत र खेलकुद विज्ञान पढ्न चाहिले योग्यता के हो?

यी चार विषयमा विभिन्न तीन विषय लिएर पढ्ने हो धेरै सजिलो छ । १.६ जिपिए वा अङ्ग्रेजीमा न्यूनतम डी प्लसको ग्रेड आएको छ भने पुग्छ । कमजोर जिपिए आएर अन्न पढ्न नपाएकाहरूले सहजै यी विषय सिबी सगरमाथा कलेजमा आएर पढ्न सक्छन् ।

नेपालमा पहिलोपटक जापनिज भाषा सञ्चालन गर्नु भएको छ । प्रदेशमै पहिलोपटक खेलकुद विज्ञान, सङ्गीत र नृत्य सञ्चालन गर्नु भएको छ । यो कसरी सम्भव भयो?

जापनिज भाषा कक्षा ११ र १२ मा पढाउन पाउने कोर्समै व्यवस्था रहेछ । यहाँ बजारमा निजी सेन्टरमा मात्रै जापनिज भाषा पढ्न पाउने अवस्था छ । एकातिर प्लस टुको शुल्क र समय र अर्कोतिर निजी भाषा सेन्टरको शुल्क र समय गरेर दुवैतर्फ मारमा थिए विद्यार्थीहरू । जापनिज भाषा अध्ययन निजीस्तरको हैन शैक्षिक स्तरकै बनाएर प्लस टु सकेर भाषामा पनिसँगै पोख्त बनाउन जापनिज भाषा ल्याएका हौँ । जापनिज भाषा कक्षाको लागी हामी एन फाइभ देखी ‘एन वान’ सम्मका कोर्सहरू सञ्चालन गर्दैछौँ ।

खेलकुद विज्ञान, सङ्गीत र नृत्यका कोर्सहरू हामीले बजारमा चाहेर पनि पढ्न नपाइने भएकाले लागु गरेका हौँ । सङ्गीत र नृत्यको लागी हामीले सङ्गीत साधना प्रतिष्ठान इटहरीसँग सहकार्य गरेका छौँ । खेलकुद विज्ञानको लागी पनि विज्ञसँग सहकार्य गरेका छौँ ।

जापनिज भाषा पढेर के फाइदा? सबै जापान जान त पाँउदैनन होला?

जापनिज भाषा पढ्नु भनेको जापान जानुमात्रै हैन । जापान जानु एक विकल्प हो । जापनिज भाषा जान्नु भनेको जापानका करोडौँ मान्छेसँग जोडिन सक्नु हो । तपाइ कुनै पर्यटन व्यवसायी, पर्यटक गाइड, लेखक, कलाकार, पत्रकार वा अन्य क्षेत्रमा यो भाषाको दक्षता प्रयोग गर्न सक्नु हुन्छ । नेपालमा जापान सरकारबाट सञ्चालित जाईका जस्ता परियोजना र विभिन्न विकासका पूर्वाधार तथा परियोजनाहरू निर्माणका कार्यक्रमहरूमा यो भाषा प्रयोग गर्न सक्नु हुनेछ । नेपालमै बसेर जापनिज भाषाको अनुवादक भएर काम गर्न सक्नु हुनेछ ।

भाषा भनेको सोही देशमा जानु मात्रै हैन । सबै मेजर अङ्ग्रेजी लिएकाहरू बेलायत र अमेरिका जान्छन् त? जाँदैनन् नि ।