पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका भ्रष्टचारीहरुको अखडा भएको भन्दै जनता सडकमा ओर्लेका छन् । यहाँका जनताले स्थानीय जन–प्रतिनिधिको कार्यशैलीको विरोध गर्दै सडकमै उत्रेर विरोध गरेका हुन् ।

जनताको प्रतिनिधि भएर काम गर्नको साटो मिलेमतोमा पैसा कमाउने धन्दा, नगर र वडा कार्यालयलाई आफन्तको भर्तीकेन्द्र बनाउँदै जनताको अभिमतको धज्जी उडाएको भन्दै युवाहरूको समूहले सडकमै ओर्लेर जन–प्रतिनिधिको विरोध गरेका छन् ।

जन–प्रतिनिधिहरू भ्रष्ट भएको, ठेक्कापट्टामा लिप्त रहेको, नगर र वडामा भर्ना गरिने विभिन्न पदका कर्मचारीमा आर्थिक चलखेलमा सहयोग पु¥याएको, नातावाद र कृपावाद लाई प्रोत्साहन गर्न लागिपरेको नीति र नियमको विपरीत मिलेमतोमा विकाश निर्माणमा कमिसन खोरी बन्दै गएको स्थानीय युवाहरूले आरोप लगाएका छन् ।

केही जन–प्रतिनिधिहरू पथरीकै होटेलमा हासको मासु र मापसेका तालमा योजना ठेक्कापट्टा गरिरहेको समेत भेटिएको समेत बताइएको छ ।

स्थानीय सरकारले पाएको क्षेत्रअधिकारको चरम दुरुपयोग गर्दै नगरपालिकाले नगरको विकाश भन्दा पनि आफ्ना मातहतका पार्टीका कार्यकर्ता पोस्न बजेट विनियोजन गर्दै आएको आरोप स्थानीयले लगाएका छन् ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310

शुक्रवार स्थानीयहरूले एउटा समूह नै निर्माण गरी नगरमा बढ्दो क्रममा रहेको भ्रष्टाचारको अन्त्य हुनु पर्ने भन्दै नगर परिक्रमा समेत गरेको छ ।

स्थानीय युवाहरूको सक्रियतामा सामाजिक सञ्जाल मार्फत विशाल सहयोगी मन समूहको निर्माण गरी नगरको बढ्दो बेथितिको विरोध गर्दै प थरी बजार परिक्रमा गरी स्थानीय जन प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन् ।

भ्रष्टाचार विरुद्धको युवाहरूको आन्दोलनलाई सधैँ साथ र समर्थन गर्दै आएका युवा अभियन्ता तथा कार्यक्रमका संयोजक धनकुमार तामाङ नगरको कार्यशैली जनतामुखी हुनुको साटो जनप्रतिनिधिमुखि र पार्टी कार्यकर्तामुखी भएको बताए

तामाङले प थरी बजारमा भएको कोण सभालाई सम्बोधन गर्दै नगरका केही जन प्रतिनिधिहरूले पावर र घमन्डको प्रयोग गर्दै वडा कार्यालय आफ्नै घरमा राख्दा पनि स्थानीय सरकार मौन रहेको बताएका छन् ।

उनले वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम यङदेनले वडा कार्यालय आफ्नै घरमा लैजाँदा पनि स्थानीय सरकारले खोजीनिती नगर्नु लज्जास्पद भएको बताएका छन् ।

भ्रष्टाचार विरोधी कार्यक्रमका युवा अभियन्ता लोक किरण न्यौपानेले अनुगमनका क्रममा नगरपालिका उप– प्रमुख यमुना विष्ट बास्तोलाले आफ्ना पार्टीका हनुमन्ते कार्यकर्ताको कुरा सुनेर जनतालाई सास्ती दिने गरेको आरोप लगाएका छन् ।

उनले नगरपालिकाका प्रतिनिधिहरूले समपूर्ण जनताको आवाजलाई सम्वोद्धन गर्न अनुरोध गरेका छन् ।

न्यौपानेले नगरपालिका भवन प्रवेश गर्दै गर्दा भ्रष्टाचारको गन्ध आउन थालेको भन्दै नगरवासीको मनोभावलाई बुझेर नगरको दुर्गन्ध हटाई दिन आग्रह गरेका छन् ।

स्थानीय सरकारले लगाउने ठेक्कापट्टामा समेत सुटिङ गरी स्थानीय सरकार नै प्राकृतिक स्रोत साधनको दोहन गर्न उद्धत रहेको, लामो समयदेखि स्थायी कार्यालय विहीन रहेको नगरपालिका भवन निर्माणको काम स्थानीय सरकार प्रम्ुख दिलीप कुमार राईले नबोली अनिर्णयको बन्दी वनाउदै नीतिगत भ्रष्टाचार गर्न खोजेको अभियन्ता युवाहरूले आरोप लगाएका छन् ।

पालिकाको स्थायी भवन निर्माणका लागि भूमि वडा नम्बर १० को साबिक भुटानी शरणार्थी शिविरको जग्गामा सर्वोच्चले फैसला गरेर तोकिएको भएता पनि नीतिगत भ्रष्टाचार गर्दै सेटिङमा पालिका भवन अन्यत्रै लैजान खोजेको युवाहरूको आरोप रहेको छ ।

भ्रष्टाचार विरुद्धको आन्दोलनमा उत्रिएको युवाहरूको समूहले अव पनि स्थानीय सरकारका जन प्रतिनिधि र कर्मचारीले आफ्नो आचरण नसुधारे मोसो दलेर बजार घुमाउने चेतावनी दिएका छन् ।

पछिल्लो समय नगरले वडा नम्बर १० र ४ का लागी भनेर स्वास्थ्य कर्मचारी नियुक्तिको क्रममा स्वास्थ्य शाखाले परीक्षार्थीहरू सँग सुटिङ गरी आर्थिक चलखेल गरेको प्रति नगरले कुनै चासो नदिएको प्रति नगरको ध्यानाकर्षण समेत गराएका छन् ।

यसरी पालिकाका कर्मचारी र स्थानीय वडाका जनप्रतिनिधि हरुनै सुटिङ गर्दै नगरको बढ्दो भ्रष्टाचारलाई प्रोत्साहन दिइरहेको प्रति स्थानीय सरकारको आँखा खोलिनु पर्ने नत्र आफूहरू जस्तो सुकै कदम चाल्न तयार रहेको युवाहरूको समूहले जनाएको छ ।

कार्यक्रममा उपथरीकै शैक्षिक अभियन्ता प्रदीप कुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई लगायतले आफ्नो मत राखेका थिए ।

nabodaya clg 1212