इटहरीः इटहरी क्षेत्रमा उत्पादन र वितरण हुने पानीमा कुनै खराबी नभेटिएको विज्ञहरूले जानकारी दिएका छन् । इटहरी उपमहानगरपालिकाले शुक्रवार पानी उत्पादक, वितरक, उपभोक्तावादी र सरोकारवालासहित विज्ञको भेला गराएको छ । उक्त भेलामा भएका छलफलले घातक जीवाणु नभेटिहालेकाले पानी पिउनयोग्य भएको बताइएको हो ।

इटहरीमा रहेर प्रदेश एकको पानी परीक्षण गर्ने सरकारी निकाय पानी प्रयोगशाला परीक्षण कार्यालयले इटहरी क्षेत्रको पानीमा कुनै घातक वस्तु नभएको पुष्टि गरेको छ । पानीको अवस्थाको बारेमा नियमित जाँच गर्ने यो निकायले भन्छ– उत्पादक र सरकारी संस्थाको मापदण्डमा तलमाथि छैन । कार्यालयका विज्ञ रमेशकुमार यादवले तराई क्षेत्रमा ट्ुवेलको पानीमा आर्सनिक हुने सम्भावना रहेको हुँदा इटहरी नगर भित्र भने त्यस्तो अवस्था नभएको दाबी गरे ।

पानीको गुणलाई नियमन गर्ने राष्ट्रिय खाने पानी गुणस्तर मापदण्ड २०६५ ले पानी उत्पादकहरूले २७ मापदण्ड तय गर्नुपर्ने दिशानिर्देश गर्छ । जसमध्ये ४ दैनिक परीक्षण गर्नुपर्ने खालका छन् भने बाँकी चौमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षण गरे पुग्छ ।
निजी पानी उत्पादक कमल नेपालले सरकारले तय गरेको मापदण्डअनुसार नै धेरै उद्योग चलेको जानकारी दिए । उनले गुणनियन्त्रण कार्यालय एवंम सरकारी निकायले नियमित अनुगमन गरिरहेको भन्दै मापदण्ड पुरा नगर्नेहरू पुरा गर्ने प्रक्रियामा भने भए पनि बीनामापदण्ड उद्योगले पानी उत्पादन नभएको भन्दै ढुक्क हुन आग्रह गरे ।

Janta Multipel Campus-01_1561904310
जीवनको अत्यावश्यक पदार्थको रूपमा रहेको पानी स्वच्छ रूपमा पिउने नागरिकको हकलाई मध्यनगर गर्दै इटहरी उपमहानगरपालिकाले छलफल चलाएको  बताएको छ । इटहरी क्षेत्र खाने पानी संस्था र निजी उत्पादनकाका १४ कम्पनी हरेक दिन उपभोक्ता माफ पुग्छन् । उक्त पानीको गुणस्तरको अवस्थाको बारे नगरले चासो व्यक्त गर्न थालेको उपभोक्ता हित संरक्षण शाखाकी शाखा अधिकृत प्रकृति चौलागाईले बताइन ।

उनले नगर क्षेत्र भित्र रहेका पानी उत्पादक र वितरक समक्ष पुगेर मापदण्डअनुसार उद्योग चलेको या नचलेको भन्ने बारे अनुगमन गरिएको जानकारी दिइन् । पानी उद्योगमा पुगेर हेर्दा एक पटक छलफल चलाउनुपर्ने आवश्यकता देखिएपछि सबै पक्षसमक्ष अन्तक्रिया कार्यक्रम राखिएको उनको भनाइ छ ।
उनका अनुसार पानी उद्योगको मापदण्ड, खानेपानी संस्थाको अवस्था बारे नगरले नियमित जानकारी लिन सुरु गरेको छ ।

1212 1 nabodaya clg