धनकुटा: कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका किसानलाई मिनिटिलर (हाते ट्रयाक्टर), धानमकै पिस्ने मिल सहित विभिन्न आधुनिक कृषि औजार वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका बिच सघन वाली विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र र किसानको लागत साझेदारीमा उक्त सामाग्रीहरू वितरण गरिएको हो ।

सघन वाली विकास कार्यक्रम (मकै) तर्फ ५० प्रतिशत छुट अनुदानमा तीन वटा मिनिटिलर (हाते ट्रयाक्टर) र ५० प्रतिशत छुट अनुदानमै धान मकै पिस्ने ७ थान मिल पनि प्रदान गरिउको थियो । त्यस्तै ५०÷५० थान कोदालो र हँसिया, एक सय थान त्रिपाल पनि वितरण गरिएको थियो । सिँचाई सुविधा नपुगेको मकै खेती क्षेत्रमा शाखा कुलो मार्फत सुविधा पु¥याउने उद्देश्य सहित कुल ४ लाख ७० हजार रुपैयाँको लागतमा पाइप खरिद गरेर सिँचाई सुविधाको व्यवस्था गरिएको छ ।

66030105_820662164972070_7088635082990157824_n
यसै गरी डाँडागाउँमै कृषि ज्ञान केन्द्र धनकुटाको ५ लाख रुपैयाँ लगानीमा दिल्पा कृषक समूहले निर्माण गरी रहेको आलु भण्डारको लागि रस्टिक स्टोर (घर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भवन निर्माणको सम्पन्न भइसकेको र फिनिसिनिङ कामहरू धमाधम भइरहेको छ । ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । सो भवन निर्माणमा स्थानीयको १५ प्रतिशत जनसहभागिता रहेको छ ।
महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, ३ नं. वडाका वडाध्यक्ष भरत थापा लगायतले किसानलाई कृषिजन्य औजार सामाग्री वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पर्शुराम नेपालले कृषिजन्य उत्पादनको सम्भावना रहेको ३ नं. वडा भित्रका टोलहरूलाई उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण विकास गर्ने बताए । उनले कृषिजन्य उत्पादन सम्भाव्यताको आधारमा पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक कृषिमूलक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
३ नं. वडाका वडाध्यक्ष भरत थापाले वडाले पनि समग्र कृषिक्षेत्रमा लगानी मैत्री वातावरण बनाएर किसानको जीवनस्तरलाई समृद्ध र आत्मनिर्भर बनाउँदै निर्वाहमुखी कृषि पेसलाई व्यवसायीमुखी बनाएर विभिन्न योजना तथा कार्यक्रम बनाउने तयारी भइरहेको बताए ।
गत वर्ष ३ नं. वडा कार्यालयले वडाको सबै भूभागको माटो परीक्षण गरेर उत्पादन सम्भाव्य क्षेत्र मापन गरेको थियो । सोही आधारमा किसानलाई सहयोग गरिएको बताइएको छ । माटो परीक्षण गरेर पकेट क्षेत्र कायम गरिएको कार्य महालक्ष्मी नगरपालिका भरि पहिलो हो ।
माटो परीक्षणको आधारमा डाडागाउँको माथिल्लो भेगलाई तरकारी उत्पादनको पकेट कायम गरिएको थियो । माथिल्लो भेगमा पर्ने वाटोखर्क, ओलाङ भुल्कै, वाथथला गोव्रे सल्ला टोललाई व्यावसायिक तरकारी उत्पादन क्षेत्रको रूपमा विकास गर्न किसानलाई प्रोत्साहन र आधुनिक कृषिजन्य औजार प्रदान गरिएको ३ नं. वडाका कृषि प्राविधिक शेखर चापापाईले बताए । उनका अनुसार माथिल्लो भेगका किसानलाई तरकारी पकेट क्षेत्र कार्यक्रम अन्र्तगत १० वटा प्लास्टिक ट्रनेल (घर), सिचाईको लागि ३ वटा प्लास्टिक पोखरी निर्माण गरिएको छ । त्यस्तै १ थान मिनिटिलर । बन्दा, काउली, आलु,मुला गहत उन्नत जातको विउविजन समेत किसानलाई वितरण गरिएको थियो ।
त्यस्तै माटो परीक्षणकै आधारमा डाँडागाउँको तल्लो भेगमा पर्ने भन्ज्याङ, गैरी गाउँ, चित्रे टोल, जिमी टोल लगायत स्थानलाई अलैची, फलफुल र अन्नवाली उत्पादनको हिसाबले पकेट क्षेत्र कायम गरिएको छ । सो क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।
२ हजार १ सय ६५ जनसङ्ख्या रहेको यस वडामा ४ सय २० घरधुरी छन् । यहाँ करिब ८० प्रतिशत घरधुरी व्यवसायीक कृषि पेसामा आबद्ध छन् ।

Un entrance 1212 2