इटहरीः इटहरीको बजार क्षेत्रको खोला ट्याङ्ग्रा र खेती खोलाको सफाइ बाढी अगाडि नै हुन्थ्यो । असार,सावनको बाढी आउनु अगाडिनै खोला सफाइ हुँदा पुल सम्म पानी आउँदैन थियो । बस्ती र बजारमा कम पानी पस्थ्यो ।

तर, यो वर्ष खोला सफाइ भएन । सफाइ नभएपछि बाढीले पुलको तहसम्म आएर बजार तर्फ पस्यो । अनिमात्रै, इटहरी उपमहानगरले तीन वटा डोजर र दुइटा टिपर लिएर खोला सफाइ गर्न थाल्यो ।

Tyangra kholaa itahari pradeshportal.com

बाढी आएपछिमात्रै सफाइ गरेको भन्दै धेरै स्थानीयले असन्तुष्टि जनाएका छन् । धेरैले सामाजिक सञ्जालमा मेयर द्धारिकलाल चौधरीको आलोचना गरेका छन् । इटहरीका युवा प्रमोद भट्टराई लेख्छन्, ‘बेलैमा बाढीको जोखिम न्यूनिकरणमा खर्च गर्या भए आज यो दिन आउने थिएन मेयर साब ।’

इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले खोला सफाइमा टिपर र डोजरहरू प्रयोग भएको बताए । इटहरीमा बाढी र डुबानको क्षति कम गर्न स्थानीय सरकार लागेको उनले बताए । विगत जस्तो बाढी आउनु अगाडि नै किन खोला सफाइ भएन भन्ने प्रश्नमा भने बिमलीले वडाबाट त्यस्ता प्रस्ताव नआएको बताए ।

itahari tyangra kholaa itahari dubaan baadhi pradeshportal.com