इटहरीः इटहरीमा बाढीको कारणले बजार क्षेत्रको ट्याङ्ग्रा खोलाको पुलमाथि नै बिहानै पानी आयो । पुलमाथि पानी आएपछि ब्लक भएको खोला खोल्न बिहान ८ बजे दुई डोजर र दुई टिपर लिएर आए उद्योग वाणिज्य सङ्घ इटहरीका नवनिर्वाचित अध्यक्ष भीम पौडेल ।

व्यवसायी शिव न्यौपाने र भीम पौडेलका एकएक जेसिबी र टिपर आएर खोला सफाइ गरेर ‘एक्सन’मा उत्रिएपछि मात्रै इटहरी स्थानीय सरकारले डोजर र टिपर खोलामा पठाएको व्यवसायी शिव न्यौपानेले बताए ।

उवासंघका उपकरणले ट्यांङ्ग्रा खोला र साथी फ्युल क्षेत्रमा खोला क्लियर गरेको अध्यक्ष भीम पौडेलले बताए । उनले भने, ‘समस्यामा स्थानीय सरकारले गरेन भनेर मौन हुने कुरा भएन । हामी आएपछि मात्रै उपमहानगर आयो होला । मैले चाहिँ देखिन ।’