बेलबारीः प्रदेश–१ मा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार दिउँसोसम्ममा १२ जना पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका विराटनगरका अनुसार ११ जना अझै बेपत्ता रहेका छन् । शनिबार बिहान भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका ३ जनाको पहिरोमा परेर मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका डीआइजी ठाकुर ज्ञवालीले बताए । पहिरोले बगाएको भान्छाघरले किचेर ३५ वर्षीय मनकुमारी राई र छोराहरू १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार राईको मृत्यु भएको उनले बताए ।
त्यसैगरी खोटाङमा शुक्रबार पहिरोसँगै लडेको घरले किचेर दुई नाबालक छोरासहित आमाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–२ की २८ वर्षे रेखा राई, ४ वर्षीय रोमन र ७ महिने रोहनको घरले किचेर मृत्यु भएको छ ।
झापामा२, मोरङ, सुनसरी र इलाममा एक÷एक जनाको मृत्यु भएको छ । ओखलढुङ्गामा १ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् ।