विराटनगरः प्रदेश ं१ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै वर्षा र पहिरोले ज्यान गुमाएका , बेपत्ता भएका र घरवारविहीन भएका परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग उनले अपिल गरेका छन् ।

बाढी, पहिरोले प्रदेश न .१ उच्च जोखिममा परेको बताउँदै उनले विज्ञप्तिमा पीडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुटन आग्रह गरेका छन । पाहाडी क्षेत्र पहिरोको चपेटामा र तराई क्षेत्र डुबानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सतकर्ता अपनाउन पनि उनले सुझाव दिएका छन् ।