बेलबारीः लगातारको वर्षापछि आएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले १ लाख रुपैयाँ तत्काल राहत दिने भएको छ ।

त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार गर्ने तथा विस्थापितहरूलाई तत्काल राहत पु¥याउन स्थानीय सरकालाई निर्देशन गरिसकिएको बताइएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीका अनुसार आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राहत वितरणसम्बन्धी निर्णय गरेको हो ।

‘अहिले सुरक्षा निकायलाई उद्दारका लागि खटाएका छौँ,’ कार्कीले भने, ‘आइतबारसम्ममा मुख्यमन्त्री आइपुुग्नुहुन्छ । त्यसपछिको बैठकले अन्य थप निर्णय गर्न सक्छ ।’ स्थानीय सरकारलाई आआफ्नो क्षेत्रमा भएका बाढीपीडितलाई राहत उपलब्ध गराउन निर्देशन गरिसकिएको समेत उनले बताए ।

राजमार्ग खुलाउनका लागि सेना तथा स्थानीयकोे समेत सहयोग लिइरहेको बताउँदै उद्धार कार्यमा लाग्न उनले सबैलाई आग्रह गरे । प्रभावितलाई विद्यालय, तथा सुरक्षित स्थानमा राखिएको समेत उनले बताए । पानी नरोकिएकाले विस्थापित परिवारको सङ्ख्या बढ्दै गइरहेको समेत उनले बताए ।