धनकुटाः ४ दिनदेखिको अविरल वर्र्षाका कारण धनकुटाको विभिन्न स्थानमा २ सय घरमा क्षति पुगेको छ ।
७ स्थानीय तहमध्ये छथर जोरपाटी र चौबिसे गाउ“पालिका तथा धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिका क्षेत्रमा बढी क्षति पुगेको जनाइएको छ ।
क्षति भएकामध्ये २ दर्जन बढी घर पूर्ण रूपमा भत्किएका छन् भने अन्य घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले बताए । विस्थापित अधिकांश परिवारलाई नजिकका विद्यालय तथा छिमेकीको घरमा राखिएको छ ।
छथर जोरपाटीस्थित सिँधुवामा रहेको निगाले सिमेन्ट फ्याक्ट्रीमा पहिरोले क्षति पुर्याएको छ । करिब दुई सय रोपनी क्षेत्रफलमा क्षति पुगेको जनाइएको छ ।
पहिरोका कारण विभिन्न सडकमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले—लेगुवा—भोजपुर सडकमा ३ दिनदेखि यातायात अवरुद्ध छ । मूलघाट–त्रिवेणी सडक, तमोर करिडोर र सिँधुवा–लेगुवा सडक समेत अवरुद्ध भएका छन् ।