इटहरीः सप्तकोशी नदीमा राति १० बजे मापन गरिएको पानीको बहाब अनुसार प्रतिसेकेण्ड ३ लाख ३८ हजार ३ सय ९० क्युसेक रहेको छ । पानीको बहाब धेरै भए पनि ब्यारेजका ४० ओटा ढोका खुल्ला गरिएकाले आत्तिइहाल्ने अवस्था नभएको प्रशासनले जनाएको छ ।
थप वर्षा भएमा वा पानीको बहाब अझै बढेमा भने खतरा हुन सक्ने प्रशासनको भनाइ छ । पानीको बहाब उच्च भए पनि कोशीले कटान भने नगरेको बताइएको छ । बहाब घट्ने क्रममा पनि कटानको समस्या हुन सक्ने हुनाले सतर्क रहन भने आवश्यक रहेको प्रहरीले जनाएको छ ।
चतरामा कोशीको बहाब घट्न थालेकाले पानीको बहाब नबढ्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।